शनिबार, जेठ ५, २०८१

‘भ्रष्टाचारविरुद्ध सँगै हिँडौं’

नेपालखोज २०७८ मंसिर २३ गते १४:४३

काठमाडौं । अन्तर्राष्ट्रिय भष्ट्राचार दिवसका अवसरमा आज बाँकेमा ‘भष्ट्राचार विरुद्धका लागि सँगै हिँडौं’ भन्ने नारा साथ वाकाथन आयोजना गरिएको छ ।

भष्ट्राचार विरुद्धको गतिविधि सक्रिय रुपमा सञ्चालन गरिरहेको बागेश्वगरी असल शासन क्लब (बास) को आयोजनामा ‘नेपालगन्ज वाकाथन’ गरिएको हो ।

बीपी चोकबाट सुरु भएको वाकाथन धम्बोझी र सेतु विक चोक हुँदै न्युरोड गुम्बानजिकै पुगेर समापन भएको थियो । वाकाथनमा लोकप्रिय गायक प्रकाश सपुतले आफ्नो प्रस्तुति दिएका थिए । वाकाथनमा बालबालिका, महिला, ज्येष्ठ नागरिक, सुरक्षाकर्मीलगायतको सहभागिता थियो । वाकाथनमा सांस्कृतिक प्रस्तुति, झाँकी, प्रहसन, सडक नाटक, पर्चा, पम्लपेट वितरण, विभिन्न प्रतियोगिता गरिएको बासका अध्यक्ष रमेश सिटौलाले नेपालखोजलाई जानकारी दिए ।

May be an image of 7 people, people standing, footwear and road

आयोजक संस्था बासका अनुसार, पश्चिम नेपालमा पहिलोपटक गरिएको वाकाथनको मुख्य उद्देश्य भ्रष्टाचारविरुद्ध सचेतना जगाउने हो । वाकाथनको अर्थ पैदल यात्रा हुन्छ । कुनै निश्चित उद्देश्य लिएर ठूलो जनसमुदायको सहभागितामा निश्चित दूरी पार गर्नुलाई वाकाथन भनिन्छ ।

२००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसंघीय महासभाबाट भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसंघीय महासन्धि पारित भएको थियो । कुल १३४ राष्ट्रले हस्ताक्षर गरी महासन्धि पारित गरेको दिनलाई भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसका रुपमा विश्वभर मनाउने गरिएको छ ।

अध्यक्ष सिटौलाका अनुसार भ्रष्टाचारविरुद्ध जागरण ल्याउने र नेपालगन्जको पहिचानलाई व्यापकता दिने उद्देश्यसाथ कार्यक्रम आयोजना गरिएको हो । नेपालगन्ज वाकाथन सफल बनाउन बासका कार्यकारी निर्देशक नमस्कार शाहको संयोजकत्वमा मूल समिति र १५ सदस्यीय समिति सक्रिय थियो ।

May be an image of 8 people, people sitting, people standing and outdoors

May be an image of 10 people, people standing and outdoors
May be an image of 7 people, people standing and outdoorsMay be an image of 9 people, people standing and outdoorsMay be an image of 4 people, people standing and road

प्रतिक्रिया