आइतबार, वैशाख २३, २०८१

झन्डै ६ अंंकले नेप्से घट्दा २ अर्ब ६७ करोडको कारोबार

नेपालखोज २०७८ मंसिर २३ गते १५:३०

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि नेप्से घटेको छ । अघिल्लो दिन ५३ अंकले घटेको नेप्से आज भने पाँच दशमलव ८४ अंकले घटेर २४ सय ४९ दशमलव ९७ अंकमा पुगेको छ ।

सेन्सिटिभ इन्डेक्स भने आज शून्य दशमलव ४३ अंकले बढेर चार सय ६५ दशमलव २३ अंकमा पुगेको छ । दुई सय ३१ वटा कम्पनीहरुको ४१ हजार तीन सय ८९ पटकको कारोबारमा ६२ लाख २३ हजात सात सय २१ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ६७ करोड ३३ लाख आठ हजार सात सय ९२ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकोमा १० वटा समूहको सूचक घटेका छन् भने तीनवटा समूहको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक दुई दशमलव ३५ अंकले घटेर १६ सय ७५ दशमलव ४८ अंकमा झरेकोमा निर्जीवन बिमा समूहको सूचक पनि ६० दशमलव २७ अंकले घटेर १० हजार आठ सय २६ दशमलव ७६ अंकमा झरेको छ ।

जीवन बिमा समूहको सूचक पनि ३४ दशमलव ४३ अंकले घटेर १३ हजार ८८ दशमलव १९ अंकमा झरेकोमा विकास बैंक, जलविद्युत, फाइनान्स ट्रेडिङ, उत्पादनमुलक, लघुवित्त र लगानी समूहहरुको सूचक पनि घटेका छन् । होटेल तथा पर्यटन, अन्य र सामूहिक लगानी कोष समूहहरुको सूचक भने आज झिनो अंकले बढेका छन् ।

नेप्सेमा आज सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनीको प्रतिकित्ता सेयर मूल्य चार दशमलव ५५ प्रतिशतले बढेर चार सय १८ रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य भने पाँच दशमलव ८२ प्रतिशतले घटेर ११ सय रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता पाँच हजार छ सय ८९ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा आठ करोड ८५ लाख ५२ हजार दुई सय पाँच रुपैयाँ २० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया