बुधबार, वैशाख १९, २०८१

वैदेशिक रोजगारीमा दक्षिण कोरिया जानेले अमेरिकी डलर १५ सयसम्मको सटही सुविधा पाउने

नेपालखोज २०७८ मंसिर २३ गते १७:२४

काठमाडौं । वैदेशिक रोजगारीमा दक्षिण कोरिया जानेले अमेरिकी डलर १५ सयसम्मको सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही सम्बन्धी व्यवस्थामा परिमार्जन गर्दे यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

बिहीबार वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरुको नाउँमा परिपत्र जारी गर्दै विदेशी मुद्रा अन्र्तगत अमेरिकी डलर सटही सम्बन्धी व्यवस्थामा परिमार्जन गरेको राष्ट्र बैकले जानकारी दिएको छ ।

परिपत्रमा भनिएको छ, नेपाल सरकारको सम्बन्धीत निकायबाट श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहादानी बापत अधिकतम अमेरिकी डलर दुई सय सम्म मात्र सटही सुविधा उपलब्ध गराउनु पर्ने छ ।

तर वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारहरुको लागि कोभिड १९ को कारण क्वारेन्टिन खर्च वापत सो व्यहोरा खुल्ने वैदेशिक रोजगार विभागको सिफारिस पत्र समेतको आधारमा थप अधिकतम अमेरिकी डलर १५ सय सम्म सटही सुविधा विद्युतीय कार्डका माध्यमबाट उपलब्ध गराउन व्यो व्यवस्थाले बाधा पुर्याएको मानिने छैन ।

प्रतिक्रिया