बुधबार, वैशाख १९, २०८१

राजस्व छली गरेको आरोपमा दुई जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर

नेपालखोज २०७८ मंसिर २३ गते २१:३२

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको आरोपमा दुई जनाविरुद्ध आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

सिन्धुपाल्चोक घर भइ हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–२ बस्ने सत्यम शिवम कन्सट्रक्सन प्रालिका सञ्चालकद्वय रामकुमार प्याकुरेल र सङ्गिता कुमारी झाविरुद्ध मुद्दा चलाइएको हो । उनीहरुमाथि रु ५० लाख ७६ हजार विगो बराबरको राजस्व छली गरेको आरोप छ ।

वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावट गरेको दाबी छ ।

मुल्य अभिवुद्धि करतर्फ र रु १६ लाख ७७ हजार र आयकरतर्फ ३४ लाखसमेत गरी ५० लाख ७६ हजार राजस्व चुहावट गरेको खुलेको विभागले उल्लेख गरेको छ । विगो असुल उपर गरी विगो बराबरको जरिवाना तथा तीन वर्ष कैद सजायको माग दावी लिई मुद्दा दायर गरिएको विभागले आज एक सूचना जारी गरी जनाएको छ ।

प्रतिक्रिया