बुधबार, वैशाख १९, २०८१

झापाको कमल गाउँपालिकामा जंगली हात्तीको आतंक

नेपालखोज २०७८ मंसिर २४ गते ६:५६

झापा । झापाको कमल गाउँपालिका–५ स्थित सिम्लेमा केही दिनयता दिनहुँजसो जंगली हात्तीले आतंक मच्चाउँदै आएको छ । बस्तीसँगैको रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गल क्षेत्रबाट निस्कने जंगली हात्तीले आतंक मच्चाउँदै आएपछि त्यहाँका बासिन्दा त्रसित हुन पुगेका छन् ।

रातीपख देखापर्ने हात्तीले अन्नबालीसँगै घरमै आक्रमण गर्न थालेपछि रातभर त्रसित हुनुपरेको वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताए ।

उनका अनुसार हात्तीले सिम्लेसहित टुक्रे, क्याम्पालगायतका बस्तीमा दिनहुँजसो आतंक मच्चाउँदै आएको छ । बुधबारमात्रै सिम्लेका कृष्णप्रसाद राईको घरमा हात्तीले क्षति पुर्‍याएको छ ।

राईको घरमा राखेका धानसहित अन्नबाली खाएर नष्ट पारेको हो । दिनुहुँजसो हात्तीले बस्तीमा आतंक मच्चाउँदै आएपछि स्थानीयवासीले हात्ती नियन्त्रणको माग गर्दै आएका छन् । त्यस बस्तीमा बर्सेनी हात्तीले क्षति पुर्‍याउँदै आएको छ ।

प्रतिक्रिया