शनिबार, फागुन १२, २०८०

भन्सार छलेर भित्र्याइएको ट्रक नियन्त्रणमा

नेपालखोज २०७८ मंसिर २४ गते ८:४८

वीरगन्ज । बिल बिजकभन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालवस्तु लोड गरेको एउटा ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाएको छ ।

प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–८ स्थित घण्टाघर सडकखण्डमा ना३ख २२९ नंको मालवाहक सामग्रीसहित नियन्त्रणमा लिइएको ट्रकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पठाइएको हो ।

सो क्रममा उक्त ट्रक तथा चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ बस्ने वर्ष २५ का सागर रायलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

करिब पाँच लाख रूपैयाँ मूल्य बराबरको भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामान लोड गरिएको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उक्त ट्रकमा बिलबिजकभन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालवस्तु लोड गरिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया