सोमबार, वैशाख २४, २०८१

दासानायके राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक

नेपालखोज २०७८ मंसिर २५ गते १३:४८

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पुबुदु दासानायकेलाई राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गर्ने भएको छ । आज (शनिबार) बिहान बसेको क्यानको बोर्ड बैठकले उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

वोर्ड वैठकले निर्णयको अनुमोदन समेत गरेको छ । क्यानले पुबुदुसहित ५ जना प्रशिक्षकको नाम नेपाल क्रिकेट परिषद्मा सिफारिस गरेको थियो । क्यानले राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक दासानायकेलाइ पहिलेकै जिम्मेवारीमा फर्काउने निर्णय गरेको हो ।

प्रतिक्रिया