मंगलबार, वैशाख २५, २०८१

सहिद स्मारक ‘ए’ डिभिजन : एनआरटीले सातदोबाटोलाई हरायो

नेपालखोज २०७८ मंसिर २५ गते १५:४८

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटवल प्रतियोगितामा अन्तर्गत आज भएको पहिलो खेलमा न्यूरोड टिम (एनआरटी) ले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ ।

चौथो चरण अन्तर्गत दशरथ रंगशालामा आजको पहिलो खेलमा एनआरटीले सातदोबाटो क्लबलाई शून्यका विरुद्ध एक गोलले पराजित गरेको हो । दोस्रो हाफको खेल सुरु भएको १५ सेकेन्डमै स्टेफन समिर विनोङले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए ।

अन्ततः विनोङकाृ एकमात्र गोल नै एनआरटीका लागि निर्णायक भएको छ । लिगमा पहिलो जित निकालेको एनआरटी अंक तालिकामा सातौं स्थानमा पुगेको छ । सातादोबाटो भने ७ अंकसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया