आइतबार, वैशाख २३, २०८१

‘पार्टी र देशलाई बेहाल अवस्थाबाट मुक्त गराउन मेरो उम्मेदवारी’

नेपालखोज २०७८ मंसिर २५ गते १९:३५

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी र देशलाई बेहाल अवस्थाबाट मुक्त गराउन आफूले महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएको बताएका छन् ।

पार्टीको जारी १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएपछि नेता कोइरालाले आफ्नो सभापतिसहितको प्यानल विजयी हुने र पार्टीलाई नँया सोच, विचार र कार्यक्रममा साथ अघि बढाउने बताएका छन् । ५१ प्रतिशतभन्दा बढि युवाहरु महाधिवेशनको प्रतिनिधि भएकाले पहिलो चरणको निर्वाचनबाटै आफूहरुको प्यानल विजयी हुने उनको भनाई थियो ।

नेता कोइरालाले भने, ‘देशको अवस्था बेहाल छ । पार्टीको अवस्था लथालिंग छ । नयाँ सोच, विचार र कार्यक्रम लिएर अघि बढछौं । युवाहरुको जोश र पाकाहरुको होसले पार्टीलाई अगाडि बढाउँछौं । आफूले युवाहरुसहितको प्यानल बनाएको र महाधिवेशनमा ५१ प्रतिशतभन्दा बढि प्रतिनिधिहरु युवा भएकाले आफूहरुको प्यानलनै विजयी हुनेछ ।’ नेता कोइरालाले पार्टीलाई युवाहरुको जोश र पाकाहरुको होस्का साथ अघि बढाउने पनि बताए ।

प्रतिक्रिया