आइतबार, वैशाख २३, २०८१

मुक्तिनाथ विकास बैंकको १५औं वार्षिक साधारणसभा

नेपालखोज २०७८ मंसिर २५ गते २३:००

काठमाडौं । मुक्तिनाथ विकास बैंकले वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैैंकले आज पोखरामा आफ्नो १५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

उक्त सभाले आर्थिक वर्ष ०७७/०७८ को वार्षिक प्रतिवेदन आव २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्तीलगायतका सामान्य प्रस्तावहरुसहित आव ०७७/०७८ को मुनाफाबाट सेयर धनीहरुलाई १८ दशमलव ५० प्रतिशत लाभांस प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

उक्त लाभांस मध्ये १७ दशमलव ५७ प्रतिशत बोनस सेयर रहने छ भने बाँकी कर प्रयोजनको लागि नगद लाभांस रहेको छ ।बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा मन्तव्य राखेका थिए । साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आव २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन उपर सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए । सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पारेका थिए ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेशिनबाट नगद झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा, मिस्ड कल बैंकिङ्ग-बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः९८०१११००२३ आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया