शनिबार, जेठ ५, २०८१

कुन राशि कुन भगवानको प्रिय !

नेपालखोज २०७८ मंसिर २६ गते ५:००

ज्योतिषशास्त्र अनुसार फरक फरक राशिको फरक फरक देवता हुने गर्छन । राशिअनुसार देवताको पूजा गर्नाले लाभ मिल्छ । प्रत्येक देवी देवता कुनै न कुनै ग्रहसँग सम्बन्धित हुन्छ । यस्तामा यदि कुनै देवी देवता मानिसको कुण्डलीको ग्रह स्थितिसँग मेल खादैन भने ति मानिसलाई पूजा पाठबाट अनुकूल परिणम मिल्दैन । मान्यताका अनुसार आफ्नो कुण्डलीको ग्रह स्थितिको अनुसार नै देवी देवता छान्नु राम्रो हुने गर्छ ।

मेष लग्न- यस लग्नको प्रथम भावमा मेष राशि ,पंचम भावमा सिंह राशि वा नवमा धनु राशि हुने गर्छ । यी जातकको लागि हनुमान, सुर्य देव, श्रीराम वा भगवान विष्णु भगवानको पूजा गर्नु उत्तम फलदायक हुन्छ ।

वृष लग्न यो लग्नको प्रथम भावमा वृष राशि, पंचम भावमा कन्या राशि वा नवम भावमा मकर राशि हुने गर्छ । यी जातको लागि हनुमान लक्ष्मी, गणेश वा माता दुर्गा भगवानको उपासना उत्तम र फलदायक हुन्छ ।

मिथुन लग्न- यस लग्नको प्रथम भावमा मिथुन राशि ,पंचम भावमा तुला राशि नवम भावमा मीन राशि हुने गर्छ । यी राशि जातको लागि शिव, हनुमान तथा विष्णु भगवान्को उपासना उत्तम र फलदायक हुन्छ ।

कर्कट लग्न– यस लग्नको प्रथम भावमा कर्कट राशि ,पंचम भावमा वृश्चिक राशि वा नवम भावमा मीन राशि हुने गर्छ । यी राशि जातको लागि शिव ,हनुमान तथा विष्णु भगवान्को उपासना उत्तम र फलदायक हुन्छ

कन्या लग्न- यस लग्नको प्रथम भावमा कन्या राशि पंचम भावमा मकर राशि वा नवम भावमा वृष राशि हुने गर्छ । यी जातको लागि गणेश, माता दुर्गा तथा लक्ष्मी भगवानको उपासना उत्तम फलदायक हुन्छ ।

तुला लग्न– यस लग्नको प्रथम भावमा तुला राशि, पंचमा भावमा कुम्भ राशि वा नवम भावमा मिथुन राशि हुने गर्छ । यी जातको लागि लक्ष्मी काली दुर्गा वा गणेश भगवानको उपासना उत्तम र फलदायक हुनछ ।

वृश्चिक लग्न- यस लग्नको प्रथम भावमा वुश्चिक राशि, पंचमा भावमा मीन राशि वा नवम भावमा कर्कट राशि हुने गर्दछ । यी जातको लागि हनुमान, विष्णु तथा शिव भगवानको उपासना उत्तम र फलदायक हुन्छ ।

धनु लग्न – यस लग्नको प्रथम भावमा धनु राशि ,पंचमा भावमा मेष राशि वा नवम भावमा सिंह राशि हुने गर्छ । यी जातको लागि हनुमान, विष्णु सूर्य वा श्री रामको उपासना उत्तम र फलदायक हुन्छ ।

मकर लग्न– यस लग्नको प्रथम भावमा मकर राशि, पंचमा भावमा वृष राशि वा नवम भावमा कन्या राशि हुने गर्छ । यी जातको लागि शनि देव, हनुमान, माता दुर्गा लक्ष्मी वा गणेशश उपासना उत्तम र फलदायक हुन्छ ।

कुम्भ लग्न- यस लग्नको प्रथम भावमा कुम्भ राशि, पंचमा भावमा मिथुन राशि वा नवम भावमा तुला राशि हुने गर्छ । यी जातको लागि शनि देव, माता काली गणेश, माता दुर्गा तथा माता लक्ष्मीको उपासना उत्तम र फलदायक हुन्छ ।

मीन लग्न- यस लग्नको प्रथम भावमा वुष राशि, पंचम भावमा कन्या राशि वा नवम भावमा मकर राशि हुने गर्छ । यी जातको लागि माता लक्ष्मी गणेश वा माता दुर्गाको उपासना उत्तम र फलदायक हुन्छ ।

प्रतिक्रिया