कांग्रेस महाधिवेशन : उम्मेद्वारले चाहे बिहान ११ बजेसम्म मनोनयन फिर्ता लिन सक्ने

नेपालखोज २०७८ मंसिर २६ गते ७:४९

काठमाडौं । नेपाली कांग्रेसको आगामी केन्द्रीय कार्यसमितिका लागि दिएको उम्मेद्वारी फिर्ता लिन चाहेमा मनोनयन दर्ता गरेका उम्मेद्वारले मनोनयन फिर्ता लिन सक्ने छन् । 

निर्वाचन कार्यतालिका अनुसार उम्मेद्वारहरुले मनोनयन फिर्ता लिनु परे आज बिहान ११ बजेसम्मको समय निर्धारण गरिएको छ । निर्वाचान समितिको कार्यतालिका अनुसार आज १२ बजेपछि उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ । 

प्रतिक्रिया