माओवादी प्रदेश सम्मेलनमा आज उम्मेदवारी दर्ता हुँदै
नेपालखोज
२०७८ मंसिर २६ गते ९:२६

काठमाडौं– नेकपा माओवादी केन्द्रको सवै प्रदेश सम्मेलनमा आज (आइतबार) उम्मेदवारी दर्ता हुने भएको छ । हिजो (शनिबार)देखि सुरु भएको सम्मेलन सोमबारसम्म नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने छ । तर प्रदेश नम्बर दुईको सम्मेलन भने पुस ३ गतेमात्रै हुने आयोजकले जनाएको छ ।
जारी प्रदेश सम्मेलनमा आज माओवादी केन्द्रका नेताहरूको उम्मेद्वारी दर्ताका साथै बन्दसत्र पनि हुने छ । माओवादी प्रदेश पदाधिकारीमा अध्यक्ष १, उपाध्यक्ष ३, सचिव १,सहसचिव ३ र कोषाध्यक्ष १ जना चयन हुने छन् ।
हिजो (शनिबार) पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश सम्मेलनको उद्घाटन गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया