बंगलादेशविरुद्ध अमेरिकाले कडा कदम चाल्यो, बंगलादेशको आपत्ती

काठमाडौं । अमेरिकाले लगाएको प्रतिबन्धको निर्णयप्रति बंगलादेशले आपत्ति जनाएको छ ।अफिस अफ फरेन एसेट्स कन्ट्रोल (ओएफएसी) अमेरिकाले बंगलादेश सेक्युरिटी फोर्स र्यापिड एक्सन बटालियन (आरएबी) र केही सुरक्षा अधिकारीहरूलाई प्रतिबन्ध लगाएको हो ।
अमेरिकी अर्थ मन्त्रालयको ओएफएसीले बंगलादेशलगायत विभिन्न देशका १० संस्था र १५ व्यक्तिमाथि प्रतिबन्ध लगाएको हो । यस विषयमा बंगलादेशले ढाकास्थित अमेरिकी दूतावासका राजदूतलाई बोलाएको पनि थियो ।
मानवअधिकार उल्लंघन र उत्पीडनका घटनामा संलग्न भएको कारणले यस्ता प्रतिबन्धहरू लगाइएको अमेरिकाले जनाएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर अमेरिकाले चीन, रुस, म्यानमार र उत्तर कोरियामाथि पनि मानवअधिकार उल्लंघन गरेको आरोपमा शृंखलाबद्ध प्रतिबन्ध लगाएको छ ।
अमेरिकाले र्याबका साथै यसका पूर्व प्रमुख र देशका वर्तमान प्रहरी प्रमुख बेनजिर अहमद र र्याबका वर्तमान प्रमुख चौधरी अब्दुल्लाह अल मामुन र केही अन्य अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया