‘हाम्राे समूहले पहिलो चरणमै जित हासिल गर्छ’

नेपालखोज २०७८ मंसिर २६ गते १२:३०

काठमाडाैं । नेपाली कांग्रेसकाे १४औं महाधिवेशनमा सभापतिका उम्मेद्वार डा. शेखर कोइरालाले आफ्नो समूहले पहिलो चरणमा नै जित हासिल गर्ने बताएका छन् ।

महाधिवेशनमा संस्थापनइतर समूहको नेतृत्व गर्दै सभापतिमा उम्म्द्वारी दिएका कोइरालाले आइतबार बिहान अनुपम फुडल्याण्डमा कार्यकर्ताहरूलाई आफ्नो समूहमा सक्षम र योग्य उम्मेद्वार रहेकाले पहिलो चरणमै ५१ प्रतिशत बढि मत ल्याएर जित हासिल हुने बताएका हुन् ।

उनले बीपीले परिकल्पना गरे जस्तो र शुवर्ण शम्सेर, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई , शुशिल कोइरालाले सपना देखे अनुसारको पार्टी गर्न आफ्नो टिम सक्षम रहेको दाबी गरे ।

कांग्रेसमा आवश्यक रुपान्तरण गर्न आफ्नो टिम सक्षम रहेकाले पनि आफूहरुको जित सुनिश्चित रहेको बताएका हुन् । उनले उर्जा र अनुभव सहितको आफ्नो टिम कार्यकर्ताले चाहे जस्तो पार्टी बनाउन सक्षम रहेकाले आफ्नो समूहमा मतदान गर्न उनले कार्यकर्तालाई आग्रहसमेत गरे ।

प्रतिक्रिया