शनिबार, वैशाख १५, २०८१

नयाँ चिप्समा शाओमीको स्मार्टफोन !

नेपालखोज २०७८ मंसिर २६ गते १४:०५

काठमाडौं । स्मार्टफोन ब्रान्ड शाओमीले १२-१२ मा अर्थात् डिसेम्बर १२ मा आफ्नो नयाँ फोन लन्च गर्ने योजना बनाएको छ ।

शाओमी १२ नाम दिइएको यो फोनमा सेल्फी क्यामेराका साथ सेन्टर पन्चहोल दिइएको छ । यो फोनमा कब्ड स्क्रिन, १२० हर्ज रिफ्रेस रेट तथा टुके रिजोल्युसन, डुअल स्पिकर रहनेछन् । यो फोन ५० मेगापिक्सलको मुख्य सेन्सरका साथ ट्रिपल रियर क्यामेराले सुसज्जित हुनेछ ।

यसका अन्य सम्भावित विशेषतामा १२० वाटको फास्ट चार्जिङ तथा अल्ट्रासोनिक फिंगरप्रिन्ट सेन्सर हुन सक्ने बताइएको छ ।

चिपमेकर क्वालकमले आफ्नो फ्लेगसिप मोबाइल चिपसेट जारी गरेको सन्दर्भमा शाओमी १२ मा त्यही नयाँ चिप प्रयोग हुने अनुमान गरिएको छ । यो चिप स्नेपड्रागन ८८८ को उत्तराधिकारी हुनेछ भने शाओमी १२ यो नयाँ चिपद्वारा सञ्चालित पहिलो फोन बन्नेछ ।

यो नयाँ चिप एकदमै नयाँ एड्रेनो ७३० जीपीयूका साथ आउनेछ जसले फोनको ग्राफिक्स सिस्टममा महत्त्वपूर्ण सुधार ल्याउने दाबी गरिँदै छ ।

प्रतिक्रिया