अफगानिस्तानमा मानवीय संकट : बेलायतले ठूलो धनराशि सहयोग गर्दै

नेपालखोज २०७८ मंसिर २६ गते १४:३१

पछिल्लो समय अफगानिस्तानमा मानविय संकट बढ्दै गएको छ । विभिन्न देशहरूले अफगानिस्तानलाई सहयोगको हात बढाएका छन् । यसैक्रममा बेलायतले ९९ दशमलव ५ मिलियन यूएस डलर मानवीय सहायता विनियोजन गर्ने योजना बनाएको छ ।

बेलायती विदेश मन्त्री लिज ट्रसले अफगानिस्तानलाई मानवीय सहायताको अर्को समूह ७५ मिलियन पाउन्डमा छुट्याउने योजना बनाएको ब्रिटिश विदेश, राष्ट्रमंडल र विकास कार्यालयले सूचित गरेको स्पुतनिकले जनाएको छ । परराष्ट्र कार्यालयले कुल सहायता प्याकेजमध्ये ३४ मिलियन पाउण्ड हुने बताएको छ ।

बेलायती विदेश मन्त्री ट्रसले मानवीय प्रकोप रोक्न र आप्रवासनको उच्च जोखिमबाट बच्न अन्तर्राष्ट्रिय सहयोगलाई फराकिलो बनाउन आह्वान गरेकी छन् ।मानवीय संकटबाट बच्न बेलायतले यस वर्ष अफगानिस्तान र त्यस क्षेत्रलाई आफ्नो सहायता दोब्बर गरी करिब ३८० मिलियन अमेरिकी डलर ९ हजार २ सय ८६ मिलियन पाउण्ड पुर्याएको छ ।

सेप्टेम्बरमा, बेलायतले अफगानिस्तान लगायत छिमेकी देशहरूलाई ३० मिलियन पाउन्ड सहायता पठाएको थियो । अक्टोबरमा थप ५० मिलियन पाउन्ड विनियोजन गरेको थियो ।

यस महिनाको शुरुमा, ट्रसले अफगानिस्तान र युरोपमा सुरक्षा र सहयोग संगठनको लागि रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग अफगानिस्तान र सम्बन्धित मानवीय मुद्दाहरूबारे छलफल गरेकी थिइन् ।

प्रतिक्रिया