शनिबार, फागुन १२, २०८०

चौबीस घण्टामा थप २५४ जनामा संक्रमण पुष्टि, २३४ डिस्चार्ज

नेपालखोज २०७८ मंसिर २६ गते १६:३६

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप २५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ६ हजार २६८ जनाको पीसीआर परीक्षण गर्दा २४२ र २ हजार २१४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १२ जना गरि कुल २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ८९० रहेको छ ।

त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप २३४ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख ६ हजार ७७८ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७ दशमलव ९ प्रतिशत पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५५४ पुगेको छ ।

प्रतिक्रिया