शनिबार, जेठ ५, २०८१

अर्ग्यानिक आर्टिस्ट इन अर्ग्यानिक इन्भायरमेन्ट !

नेपालखोज २०७८ मंसिर २६ गते १८:५३

काठमाडौं । ‘होम स्विट होम’ लेखेर कलाकार खगेन्द्र लामिछानेले स्याङ्जा घरबाट एउटा फेसबुक पोस्ट गरेका छन् । त्यमा उनले एउटा तस्बिर पनि राखेका छन् । जहाँ कलाकार लामिछानेले ल्यापटप चलाउँदै गरेको देख्न सकिन्छ । उनले यो तस्बिरसहितको पोस्टमा आएका केही प्रतिक्रिया :

वासुदेव दाहाल
कुन ठाँउ हो यति सुन्दर ?

जीवन रिमाल
योर्स अमेजिङ, डन्ट फरगेट इट ।

दासु दाहाल सन्तोषी
भनेसी आफ्नै गाउँमा पनि चिनेनन् मलाई ।

काजी चन्द्र खत्री
के अर्न लाइच्चौ खगेन्द्र ?

अरुण आचार्य
अर्ग्यानिक आर्टिस्ट इन अर्ग्यानिक इन्भारमेन्ट ।

निश्चल न्यौपाने
यो घर होइन स्वर्ग हो ।

सरोज खड्का
काम अरेसी पसिना आम्ने अरी अर्नपर्छ ।

अर्जुन पौडेल
स्याउजातिर सुन्तला पाकेचन, हाम्रो स्याउजा राम्रो स्याउजा !!!

गीता कोइराला
खगेन्द्र, सुन्तला खान आउन पर्छ कि क्या हो ।

देवीप्रसाद घिमिरे
टुल्के ।

प्रकाश अर्याल
दाइ स्याङ्जा घराँ रमाइलो नि ।

हर्क रेशमी
हिरो मुन्छे ।

कृष्ण लामिछाने
सादा जीवन उच्च विचार..।

अशोक थापा मगर
हैट दाजु खतरा मुस्कान दिनुभयो त ।

विश्व पौडेल
सुन्तला पाकेचन् !

राजेश ज्ञवाली
घर कुन जिल्ला कुन गाउँ पर्यो काजी साप ?

गोविन भट्ट
वर्क फ्रम होम-वेल डन, स्टिल हिरो ।

चोलाकान्त ढुंगाना
धेरै राम्रो इन्जोय । आफ्नै गाउँको सुन्तला बगैंचामा बसेर प्राकृतिक सुन्दरताको कथा लेख्ने मेरो भाइको जय-जय होस् ।

नेपाली भिजे राज भण्डारी
नेपाली सिनेमाक‍ो रियल कलाकार ।

रामबाबु घोरासैनी
मलाई सबैभन्दा मनपर्नी दाजै ।

मन्जु सुवेदी
स्याङ्जा सधैंको रमाइलो ठाउँ हो त्यही रमाइलो ठाउँमा तपाईं आएसी झन् रमाइलो मामा ।

गौतम विवेक
मुन्छेको फेला नपरेर रछ।

निरज चापागाईं
स्वच्छ अर्ग्यानिक वातावरण, कला र शैलीको…समिश्रण हो यो… टलक जंग भर्सेज गाउँले मुन्छे ।

विक्रम भुर्तेल
आफू चाईं मोबाइलमा के-के खेलेर बस्दो रैछ, काम जति अरुलाइ अराउने रैछ ।

अर्जुन
काइदा जीवन शैली !

शिव लामिछाने
रमाइलो, सिताके च्याउ खान हाम्रो घरमा स्वागत छ है दाइ ।

रोमन श्रेष्ठ रोमन
पुरानो याद आयो दाजु… यो कटेज अनि गार्डेनको, समय मिल्यो भने कुनै दिन अवश्य आउनेछु ।

विक्रम केसी
होम स्विट हैन त्यो सुन्तला चैं स्विट पक्कै हुन्छ ।

पवन पाण्डे
सक्छस् भने मान्छेको मन चोर ।

अनु
बा’लाई भनेर सुन्तला यता पठाउनुपर्यो मामा, एक्लै खान भएन है ।

No description available.

प्रतिक्रिया