उम्मेद्‌वारको अन्तिम नामावली सार्वजनिक (नामसहित)

नेपालखोज २०७८ मंसिर २६ गते १७:०८

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नयाँ कार्यसमिति सदस्य पदका लागि मनोनयन दर्ता गराएका उम्मेद्‌वारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

१३ पदाधिकारीसहित १३४ कार्यसमिति सदस्यका लागि मनोनयन गरेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको हो । प्रकाशित नामावलीअनुसार एक सभापतिका लागि पाँच जना, दुईजना उपसभापतिका लागि सात जना, दुई जना महामन्त्रीका लागि ६ र आठ जना सह-महामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज उम्मेद्‌वारको अन्तिम नामावली प्रकाशित गरेको हो । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुँदैछ ।

पूरा नाम हेर्नुहोस् ।

प्रतिक्रिया