शनिबार, जेठ ५, २०८१

महालक्ष्मी बैंकद्वारा टोखा नगरपालिकालाई सार्वजनिक शौचालयका लागि पानी ट्यांकी प्रदान

नेपालखोज २०७८ मंसिर २७ गते ६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे गोंगबु शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत टोखा नगरपालिकाको वडा नं ११ मा रहेको सार्वजनिक शौचालयलाई दुई हजार लिटरको दुईवटा पानी ट्यांकी प्रदान गरेको छ ।

वडा कार्यालयमा आयोजित एक भव्यकार्यक्रमबीच गोंगबु शाखाका प्रबन्धक चेतराज पाण्डेले उक्त पानी ट्यांकीहरु टोखा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष उत्तम अधिकारिलाई हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा स्थानिय निकायका पदाधिकारीहरु, सामाजिक अभियान्ता, स्थानीय उद्योगी, ब्यापारी तथा बैंकका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो । यस्तै टोखा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष अधिकारिले सरकारले मात्रै विकास निर्माणका सबै काम गर्न नसक्ने भएकाले यस्ता विभिन्न संघसंस्थाले पनि सहयोग गरेमा समृद्ध वडा निर्माण गर्न सकिने बताए ।

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै वित्तिय सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने जनाएको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब छ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दे आइरहेको छ ।

प्रतिक्रिया