शनिबार, जेठ ५, २०८१

बैंक अफ काठमाडाैंका ग्राहकलाई लाइफ लाइन होम हेल्थ केयरमा १५ प्रतिशतसम्म छुट

नेपालखोज २०७८ मंसिर २७ गते ८:३७

काठमाडौं । बैंक अफ काठमाडाैं लिमिटेड र लाइफ लाइन होम हेल्थ केयर प्रालीबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौता पश्चात् ग्राहकहरुले लाइफ लाइन होम हेल्थ केयरले प्रदान गर्ने ल्याब सेवामा १५ प्रतिशत र पीसीआर चेकजाच तथा नर्सिङ सेवामा १० प्रतिशत छुट पाउने छन् ।

ग्राहकहरुले उक्त सेवाहरुमा छुट उपयोग गर्नको लागि बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । लाइफ लाइन होम हेल्थ केयरले ललितपुर जिल्लाको पुल्चोकबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

बैंक अफ काठमाडाैंले हाल ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया