शनिबार, वैशाख २९, २०८१

कांग्रेस महाधिवेशनमा मतदान सुरु

नेपालखोज २०७८ मंसिर २७ गते ११:५५

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा तीन घण्टा ढिलो मतदान सुरु भएको छ । बिहान आठ बजेदेखि मतदान सुरु हुने भनिए पनि तीन घण्टा ढिलो गर्दै सुरु भएको हो । मतदान साँझ ५ बजेसम्म हुने कार्यतालिका छ ।

कांग्रेस महाधिवेशनमा १३ पदाधिकारी र १ सय १९ सदस्यसहित १३२ पदका लागि निर्वाचन भएको हो । पद संख्या १ सय ३४ भएकामा प्रदेश नम्बर २ बाट केन्द्रीय कार्यसमितिमा दुईजना भने निर्विरोध भइसकेका छन् ।

अब ४ सय ८९ जना उम्मेदवार नेतृत्वका लागि चुनावी मैदानमा छन् । आजको निर्वाचनबाट १३ पदाधिकारीसहित १३२ जनाको फैसला हुनेछ ।
अहिले भृकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लबमा रहेका मतदान केन्द्रमा मतदाताहरू लाइनमा उभिएका छन् । उम्मेद्‌वारहरु भने प्रतिनिधि उभिएको ठाउँमै पुगेर भोट माग्न व्यस्त छन् ।

प्रतिक्रिया