शुक्रबार, वैशाख २८, २०८१

चौबीस घण्टामा ३४१ संक्रमित थपिए, ३ जनाको मृत्यु

नेपालखोज २०७८ मंसिर २७ गते १६:३५

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ३१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा ३७६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४१६ जनाको पीसीआर परीक्षणबाट ३१३ र २ हजार ८२० जनामा गरिएको एन्टिजेन परीक्षणमा २८ जना गरी जम्मा ३१४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ५५७ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ८२४ रहेको छ ।

हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ८ लाख ७१ हजार ५४ जना पुगेका छन् । हाल नेपालमा क्वारिन्टिनमा ९७ र आइसोलेसनमा ५ हजार ८२४ जना रहेका छन् । नेपालमा हालसम्म ८ लाख २४ हजार ५३५ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया