शुक्रबार, वैशाख २८, २०८१

कांग्रेसको नेतृत्व चयनका लागि २ हजार मत खस्याे

नेपालखोज २०७८ मंसिर २७ गते १७:२३

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि भएको मतदानमा साढे ४ बजेसम्म दुई हजार मत खसेको छ । निर्वाचन समितिले दिएको जानकारीअनुसार सो मत खसेको हो ।

एक सय ३२ पदका लागि ४८७ उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेका छन् । कांग्रेसले मतदानका लागि राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रियसभा गृहमा ६८६ र भृकुटीमण्डपका दुई स्थान (प्रदर्शनी हल र प्राङ्गण)मा एक हजार ३०७ मत खसेको छ ।

निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभा गृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ ।

प्रतिक्रिया