शनिबार, जेठ ५, २०८१

खप्तड लघुवित्त वित्तीय संस्थाको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

नेपालखोज २०७८ मंसिर २७ गते १८:०४


काठमाडाैं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक सेयर निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौतामिति २०७८ मंसिर २७ गते सोमबार सम्पन्न भएकाे हाे ।

सम्झौतामा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुरेश बहादुर बम तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक श्री दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।

सो कार्यक्रममा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक समितिमा अध्यक्ष श्री सुमन प्रसाद श्रेष्ठ र संचालक श्री रणदेव कृष्ण श्रेष्ठको उस्थित रहेको थियो ।

कम्पनीको अधिकृत पुँजी १० करोड रूपैयाँ, जारी पुँजी ४ करोड रूपैयाँ र हाल संस्थापकहरुबाट चुक्ता पुँजी २ करोड ६८ लाख रूपैयाँ रहेको र सर्वसाधारणका जारी हुने सेयर १ करोड ३२ लाख रूपैयाँ रकम बराबरको १ लाख ३२ हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । सर्वसाधारणलाई सेयर निष्काशन पश्चात संस्थाको चुक्ता पुँजी ४ करोड रूपैयाँ रहनेछ ।

प्रतिक्रिया