शुक्रबार, फागुन ११, २०८०

सभापतिमा विजयी हुन २ हजार ३४० मत चाहिने, देउवाकाे अग्रता कायमै

नेपालखोज २०७८ मंसिर २८ गते ६:२२

काठमाडाैं । कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा विजयी हुन २ हजार ३४० मत चाहिने भएको छ । आज राति सम्पन्न मतदानमा चार हजार ६७९ मत खसेको छ । उक्त मतको कम्तीमा ५० प्रतिशत मत पाउने उम्मेद्वार विजयी हुनेछन् । चार हजार ६७९ को ५० प्रतिशत दुई हजार ३४० हुने भएकाले सभापतिमा निर्वाचित हुन कम्तीमा दुई हजार ३४० मत कटाउनु पर्नेछ । 

सभापतिका लागि खसेको मतको ५० प्रतिशत कुनै पनि उम्मेद्वारले कटाउन नसकेको अवस्थामा यो पदका लागि पुनः दोस्रो चरणमा मतदान हुनेछ । दोस्रो चरणमा मतदान हुने अवस्था आए सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेद्वारबीच मात्रै प्रतिष्पर्धा हुने छ ।

यसैबीच, जारी सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । उनलाई शेखर कोइरालाले पछ्याइरहेका छन् । एक हजार ३०६ मत गणना हुँदा देउवाले ६२६ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका कोइरालाले ४८२ मत पाएका छन् । 

प्रतिक्रिया