शनिबार, जेठ ५, २०८१

बुटवलमा खुल्यो स्कोडाको ‘स्टेट-अफ-द-आर्ट’

नेपालखोज २०७८ मंसिर २८ गते १९:४४

काठमाडौं । नेपालका लागि युरोपको चर्चित अटोमोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले बुटवलमा नयाँ स्टेट-अफ-द-आर्ट थ्री-एस (सेल्स, सर्भिस र स्पेयर्स) फेसिलिटी सुरु गरेको छ ।
अफरोडवेज लाइफ स्टाइलले पश्चिमी नेपालमा स्कोडाको बिक्री र बिक्रीपछिको सेवाको जिम्मेवारी पाएको हो ।
नेपाली बजारमा स्कोडाको पकड बलियो बनाउन र स्कोडा कारको उपलब्धता बढाउन एमएडब्ल्यू स्कोडाले आफ्नो डिलर सन्जाललाई विस्तार गर्दै आएको छ । एमएडब्ल्यूले सन् २००८ देखि नेपालमा स्कोडा कार भित्र्याउन सुरु गरेको थियो ।

स्कोडाको नयाँ सोरुमको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग तथा वाणिज्यमन्त्री अजय शाही र एमएडब्ल्यू स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रुपमा गरेका हुन् ।

‘हामी हाम्रो ग्राहकको सुविधाका लागि स्कोडा सन्जाल विस्तार गर्न र युरोपको चर्चित कारको पहुँचलाई प्रत्याभूत गर्न प्रतिबद्ध छौं । उत्कृष्ट कस्टमर एक्सपिरियन्सका लागि हामीले बुटबलमा नयाँ स्टेट-अफ-द-आर्ट स्कोडा सोरुम ल्याउन पाउँदा हामीलाई खुसी लागेको छ,’ एमएडब्ल्यू स्कोडाका रौनक अग्रवालले भने, ‘यो फेसिलिटीले पश्चिमी नेपालमा हाम्रो उपस्थितिलाई झनै बलियो बनाउनेछ ।’

उद्घाटन समारोहपछि प्रदेशमन्त्री अजय शाहीले स्कोडा बुक गरेका ग्राहकलाई साँचो हस्तान्तरण गरेका थिए । स्कोडाको नयाँ डिलर रोडवेज लाइफ स्टाइलले दुईदिने विशेष ‘टेस्ट ड्राइभ इभेन्ट’ पनि आयोजना गर्दै छ । यो अवधिमा स्कोडा कार बुकिङ गर्ने ग्राहकले आकर्षक ‘क्यास डिस्काउन्ट’, निःशुल्क सडक कर, ‘एक्सचेन्ज बोनस’ को सुविधा पाउनेछन् । हाल पोखरा, नारायणगढ, विराटनगर, वीरगन्ज, बिर्तामोड, जनकपुर, धनगढी र काठमाडौंमा स्कोडाको डिलरसिप छ ।

प्रतिक्रिया