आइतबार, जेठ ६, २०८१

उपकुलपतिहरू भन्छन् – विश्वविद्यालयमा दलीय राजनीति हाबी भयो

नेपालखोज २०७८ मंसिर २९ गते १०:३२

काठमाडौं । विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूले राजनीतिक दलमा आवद्ध शिक्षक–कर्मचारीलाई अनुशासनमा राख्न नसक्दा काम गर्न अप्ठ्यारो भएको गुनासो गरेका छन् । उनीहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग यस्तो गुनासो गरेका हुन् ।

अति राजनीतिकरणबाट ग्रस्त मुलुकको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा. धर्मकान्त बाँस्कोटा, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा. नन्दबहादुर सिंहलगगायतले मन्त्री पौडेलसँग त्यस्तो अवस्था अन्त्यका लागि कानुनी र अन्य सहजीकरण गर्न आग्रह गरेका छन् ।

राजनीतिक प्रभावकै कारण कतिपय विश्वविद्यालयमा अहिले पनि तालाबन्दी र आन्दोलन जारी रहेका बेला विभिन्न ११ विश्वविद्यालयका समस्या र उच्च शिक्षाका क्षेत्रमा गर्नुपर्ने कामका विषयमा मन्त्री पौडेलले सिंहदरबारमा छलफल समेत गरेका छन् ।

‘दलीय आधारमा खोलिएका संगठन र कर्मचारीले हरेक काम र तिनका स्वार्थमा हामीलाई हिँडाउन खोज्छन् । जुन संकाय क्याम्पसमा पनि दलका समर्थक नै हाबी भएका छन् । यसले गर्दा समग्र प्राज्ञिक र प्रशासनिक सुसञ्चालनमा असहजता भइरहेको छ’, त्रिविका उपकुलपति डा बास्कोटाले गुनासो गरे ।

प्रतिक्रिया