सोमबार, फागुन १४, २०८०

`देउवाले विगतमा जसरी बेथितिका साथ पार्टी चलाए सशक्त प्रतिवादमा उत्रन्छौं´

नेपालखोज २०७८ मंसिर २९ गते १८:०४

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापतिमा भएको पराजयलाई आफूले स्वभाविक रुपमा लिएको बताएका छन् ।

पार्टीको १४औं महाधिवेशनमा सभापति पदमा पराजित भएपछि बुधबार काठमाडौंमा आयोजित आफ्ना विचार समूहका नेता, कार्यकर्ताहरुको भेलामा बोल्दै उनले सभापति देउवा स्वस्थ प्रतिस्पर्धाबाट सभापति बनेको उल्लेख गर्दै कार्यकालको पूर्ण सफलताको कामना पनि गरे ।

नेता कोइरालाले नवनिर्वाचित पार्टीका सभापति देउवालाई विगतमा जसरी बेथितिका साथ पार्टी चलाए सशक्त प्रतिवादा उत्रने चेतावनी समेत दिएका छन् । आफूले सभापतिमा भएको पराजयबाट कुनै कुण्डा नलिएको भन्दै उनले यस महाधिवेशनबाट आफ्ना विचार समूहको विचारको जीत भएको दाबी समेत गरे ।

नेता कोइरालाले महाधिवेशनले आफूलाई जनताको घरदैलोमा जाने सन्देश दिएको उल्लेख गर्दै आजैबाट उनीहरुको घरदैलोमा पुगेर आगामी महाधिवेशनमा आफ्नो विचार समूहलाई विजयी बनाउने विश्वास समेत व्यक्त गरे ।

नेता कोइरालाले आफूलाई माया, इज्जत, मान र प्रतिष्ठा दिएको भन्दै महाधिवेशनका प्रतिनिधिहरुप्रति आभार व्यक्त गर्दै आगामी दिनमा त्यो मायालाई कहिल्यै नविर्सने बताए ।

प्रतिक्रिया