बिहीबार, जेठ ३, २०८१

‘सत्य सदैव शाश्वत हुन्छ-वास्तविकता परिवर्तन भइरहन्छ’

नेपालखोज २०७८ पुष १ गते ८:०५

-विशाल अस्तित्वमा, सृष्टिको ठूलो हिस्सा हाम्रो सीमित बोध र ज्ञानभन्दा पर छ । यसरी असीमित रूपमा फैलिएको अज्ञानतालाई शिव भनिन्छ । यदि हामीले अज्ञानतलाई गहिराइमा खोज गऱ्यौँ भने मात्र, त्यहाँ ज्ञान उदय हुन सक्छ ।
-कुनै वंशज, जात र वर्ग नभएकाले, शिवलाई असभ्य, अशिष्ट र संस्कारहीन ठानिन्थ्यो । तैपनि, मानिसहरूले उनको पूजा नगरी रहन सकेनन् । शिव वास्तवमा मूल जीवन हुन्, जसमा कुनै ढोँग, पुनरावृत्ति र स्मृतिको डंगुर छैन ।
-सत्य सदैव शाश्वत हुन्छ-वास्तविकता परिवर्तन भइरहन्छ ।
-पञ्च तत्त्वहरू (जल, भूमि, वायु, अग्नि र आकाश) को महत्त्व, हाम्रो शरीरमा तिनको उपस्थितिबारे बताउँदै, सद्‌गुरु, पञ्च तत्त्वलाई शुद्ध गर्न सरल एवं शक्तिशाली अभ्यासहरू अर्पण गर्दै हुनुहुन्छ । यदि तपाईंले पञ्च-तत्त्व वा पञ्च-भूत माथि महारथ पाउनुभयो भने, तपाईंले शरीरमाथि, मनमाथि साथै यो पूरै सृष्टिमाथि महारथ पाउनुहुनेछ ।
-मेरो कामना छ कि तपाईंका सपनाहरू पूरा नहोऊन् । तपाईंले कहिल्यै सपनासमेत देख्न नसकेका कुराहरू तपाईंमाथि घटित होऊन् ।
-अस्तित्वको स्तरमा केही पनि विरोधाभासपूर्ण छैन- सबैकुरा एक-अर्काका परिपूरक हुन् । विरोधाभास केवल मनको दायरामा हुन्छ ।
-तपाईंका हातहरू यसकारण उपयोगी छन्, किनकि ती तपाईंले चाहेको ठाउँमा जान्छन् । त्यसैगरी, तपाईंको मन पनि तब मात्र उपयोगी हुन्छ, जब यो तपाईंले चाहेको ठाउँमा जान्छ ।
-योग, सबै बाध्यात्मक प्रवृत्तिहरूबाट माथि उठेर हरेक मनुष्यभित्र रहेको चैतन्यलाई अनुभव गर्ने तकनिकी हो । न माथि, न बाहिर, तपाईंभित्रै हरेक चिजको समाधान छ !
-विश्वमा यो एउटा कुरा हुनैपर्छ : जीवनको मजा लिने सोचबाट हामी जीवनमा आनन्दित हुनेतर्फ अघि बढ्नुपर्छ । यदि तपाईं आफ्नै प्रकृतिबाट आनन्दित हुनुहुन्छ भने, तपाईंले हरेक कुराको मजा लिनुहुनेछ ।
-जीवन भागदौड होइन । यो अद्‌भूत कुरा हो ।
-आफूलाई यसरी इन्जिनियर वा निर्माण गर्ने, जस्तो तपाईं बन्न चाहनुहुन्छ- यसैलाई म इनर इन्जिनियरिङ भन्दछु ।
-आफ्नो सेरोफेरोका मानिसहरूमा तपाईंले जे सबैभन्दा उत्तम गुण देख्नुभएको छ, तिनलाई त्यही गुणबाट चिन्नुहोस् । जब तपाईं कसैलाई खराब गुणबाट चिन्नुको सट्टा तिनको सबैभन्दा उत्तम गुणबाट चिन्नुहुन्छ, तब तपाईं तिनको सर्वश्रेष्ठ गुणलाई उजागर र विकसित गर्नुहुन्छ, अनि सबैजनाबाट सबैभन्दा उत्तम प्राप्त गर्नुहुन्छ ।

प्रतिक्रिया