शनिबार, जेठ ५, २०८१

राहुले २०२२ मा यी राशिको जीवनमा ल्याउँदै छ हलचल

नेपालखोज २०७८ पुष २ गते ६:५९

कुण्डलीमा अशुभ योग बन्ने कारणमध्ये राहु ग्रह प्रमुख मानिन्छ । राहु सबै राशिमा डेढ वर्ष मात्र बसे पनि यसले राशिको स्वामीको जीवनमा उथल-पुथल मच्चाउँछ । २०२२ मा राहुले केही राशि परिवर्तन गर्नेछ । १२ अप्रिल २०२२ मा राहु मेष राशिमा प्रवेश गर्दै छ । यही महिना अर्को चर्को ग्रह शनिले समेत राशि परिवर्तन गर्नेछ । यो स्थान परिवर्तनले ६ वटा राशिका स्वामीहरुको जीवनमा असर पार्ने बताइएको छ । राहुको अशुभ योगले नोकरी तथा व्यापार-व्यवसाय जस्ता धनसँग जोडिएका कुरामा संघर्ष गर्न बाध्य तुल्याउँछ ।

मेष : मेष राशि हुनेहरुले राहुका कारण परिवारिक जीवनमा समस्या झेल्नुपर्ने हुनसक्छ । त्यसका अतिरिक्त करिअरमा समेत मानसिक दबाब सिर्जना हुनेछ । मनमा असुरक्षाको भावना प्रवल रहला । लगानी गर्ने कुराबाट जोगिनुपर्नेछ । वाद-विवादबाट टाढै रहनुमा आफ्नो भलो छ ।

वृष : वृष राशि हुनेहरुले राहुका कारण आफैंलाइ अल्झिएको, फसेको अनुभव गर्नेछन् । यही कारणले उनीहरुलाई निर्णय लिन गाह्रो पर्नेछ । सोच-विचार गरेर निर्णय गर्नुपर्ने समय छ । धन हानिसमेत हुन सक्छ ।

कर्कट : कर्कट राशिका स्वामीहरुले कर्मक्षेत्रमा मुस्किलको सामना गर्नुपर्ने हुनसक्छ । धैर्यपूर्वक काम गर्नुहोला । काममा परिवर्तनको योग छ जसले राम्रो फल दिनेछ । यद्यपि केहीले भने मन मारेर सरुवा स्वीकार गर्नुपर्ने हुनसक्छ ।

कन्या : राहुले कन्या राशि हुनेहरुको मानसिक स्थितिमा असर पार्नेछ । यो मानिसहरुसँग टकरावको कारण पनि बन्नसक्छ । बिरामी वा चोटपटकको सिकार हुने सम्भावनासमेत छ । कार्यक्षेत्रको स्थिति संघर्षपूर्ण रहला ।

वृश्चिक : वृश्चिक राशि हुनेहरुको वैवाहिक वा प्रेम जीवनमा राहुले उथल-पुथल मच्चाउन सक्छ । जीवनसाथीसँगको नातामा ठूलो परिवर्तन देखापर्न सक्ने सम्भावना पनि देखिन्छ । सम्बन्ध टुक्रिने अवस्थासम्म आउन सक्छ । मानहानि तथा धन-हानिक‍ योगसम्म छ । हरेक काम पर्याप्त सोच-विचार पुर्याएर गर्नुहोला ।

धनु : धनु राशि हुनेहरुले राहुका कारण अड्डा-अदालतको चक्‍कर लगाउनुपर्ने हुनसक्छ । यद्यपि जसले पहिलेदेखि नै मुद्दा-मामिला झेलिरहेका छन् उनीहरु यसबाट मुक्त हुनसक्छन् । मानसिक विचलन बढ्न सक्छ । मेडिटेसन-ध्यान आदि गर्न सके लाभ मिल्नेछ ।

(यहाँ प्रस्तुत सूचना सामान्य मान्यता तथा जानकारीमा आधारित छ । नेपालखोज अनलाइनले यसको आधिकारिकता पुष्टि गर्दैन ।)

प्रतिक्रिया