सोमबार, जेठ ७, २०८१

कहाँको प्रहरी कति विश्वसनीय ?

नेपालखोज २०७८ पुष २ गते १२:४५

काठमाडौं । स्टेटिस्टाले २०२१ को एउटा तथ्यांक जारी गरेक‍ो छ जसमा कुनै पनि देशमा त्यहाँका जनताले त्यहाँको प्रहरीमाथि कति विश्वास वा भरोसा गर्छ भन्ने कुरा दर्शाइएको छ ।

स्विडेनको पुलिस सबैभन्दा विश्वसनीय
स्विडेनका ६० प्रतिशत नागरिक आफ्नो देशको पुलिसप्रति पूरा भरोसा गर्छन् । यसैगरी नेदरल्यान्ड र अमेरिकाका ५३ प्रतिशत मानिस आफ्नो देशको प्रहरीप्रति विश्वास एवं भरोसा गर्छन् । ५२ प्रतिशत नागरिकको भरोसा जित्दै टर्की र अस्ट्रेलियाको पुलिस संसारको तेस्रो स्थानको भरोसायोग्य प्रहरी भएको छ ।

यसैगरी फ्रान्स र ब्रिटेनका ४८ प्रतिशत मानिसक‍ो भरोसा जितेर ती देशको पुलिस यो सूचीको चौथो स्थानमा पर्न सफल भएको छ ।

यो सूचीको पाँचौं नम्बरमा तीनवटा देश छन्- जर्मनी, इटाली तथा स्पेन । यी तीनवटै देशका ४७ प्रतिशत जनताले आफ्नो देशको प्रहरीप्रति भरोसा व्यक्त गरेका छन् ।

यस्तै क्यानाडाका ४४, मलेसियाका ४० तथा जापानका ३८ प्रतिशत मानिस आफ्नो देशको पुलिसलाई विश्वसनीय मान्छन् । बेल्जियम यो सूचीको १४औं नम्बरमा छ जहाँ ३७ प्रतिशत मानिसले मात्र प्रहरीप्रति भरोसा जनाएका छन् ।
-डचेवेले फिचर

प्रतिक्रिया