सोमबार, जेठ ७, २०८१

एमालेकाे १०औं राष्ट्रिय सम्मेलनबाट चुनिएका विभाग प्रमुखकाे कार्यविभाजन (सूचीसहित)

नेपालखोज २०७८ पुष २ गते ८:०७

काठमाडौं । नेकपा एमालेले १०औं राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति चुनिएपछि कार्यविभाजन गरेकाे छ । एमालेले अन्तर्पार्टी निर्देशन (अपानि) जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीको समग्र नेतृत्व गर्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मा दिइएको छ । त्यस्तै एमालेको तेस्रो वरियतामा रहेका उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह संयोजन गर्ने र अर्की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय संयोजन गर्ने जिम्मा दिइएको छ ।

अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षाको जिम्मा पाएका छन् । महासचिव शंकर पोखरेलले सांगठनिक कामको संयोजन गर्ने जिम्मा पाएका छन् भने उपाध्यक्ष विष्णु पौडेलले सांगठनिक कामको अनुगमन गर्ने जिम्मा पाएका छन् ।

https://drive.google.com/file/d/15nF0IeaOiAR0J3O-XmdtWRDVlToiXhAZ/preview

प्रतिक्रिया