सोमबार, जेठ ७, २०८१

कांग्रेस महाधिवेशनमा आज पाँच सहमहामन्त्रीको मतगणना

नेपालखोज २०७८ पुष २ गते ९:५७

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा सहमहामन्त्रीतर्फ पाँच क्लस्टरको मतगणना आज (शुक्रबार) हुँदैछ ।

आठ समूहमध्ये महिला, जनजाति र दलित समूहको अन्तिम परिणाम निर्वाचन समितिले सार्वजनिक गरिसकेको छ । आजको मत गणनासँगै पदाधिकारीको टुंगो लाग्ने जनाइएको छ ।

अहिलेसम्म सभापति, उपसभापति तथा महामन्त्रीको अन्तिम परिणाम आइसकेको छ ।पदाधिकारीको मतगणना सम्पन्न भईसकेपछि केन्द्रीय सदस्यको सुरु हुनेछ । अहिले मधेशी, पिछडिएको क्षेत्र, मुस्लिम, थारु क्लस्टर र खसआर्यबाट चयन हुने सहमहामन्त्रीको मतगणना जारी छ ।

प्रतिक्रिया