सोमबार, जेठ ७, २०८१

सुन १ हजार रूपैयाँले बढ्याे, कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०७८ पुष २ गते १०:४२

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकै मूल्य बढेकाे छ । छापावाल सुन आज प्रतितोला १ हजार रूपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९३ हजार रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि १ हजार रूपैयाँले नै बढेकाे छ । तेजाबी सुन आज ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन ९३ हजार ५ रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेकाे छ । आज चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी बिहीबार १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया