सोमबार, असार २३, २०८२

खानेपानीमन्त्रीले भने- काठमाडौं बासीलाई छिटो मेलम्ची खानेपानीको व्यवस्था गर्छु

नेपालखोज २०७८ पुष ३ गते १८:१९

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौंधरीले काठमाडौं बासीलाई छिटोभन्दा छिटो मेलम्ची खानेपानीको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मन्त्री चौंधरीले केही समय अघि आएको बाढी र पहिरोको कारणले गर्दा बन्द भएको मेलम्चीको पानी काठमाडौं बासीलाई अस्थायी रुपमा भए पनि छिटोभन्दा छिटो खान पाउने व्यवस्था मिलाउने बताएका हुन् ।

चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधानमा शुद्ध खानेपानी र सरसफाईलाई मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै आफ्नो कार्यकाल भित्रै काठमाडौंबासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्ने बताए ।

मन्त्री चौंधरीले देश र जनताका लागि काम गर्ने सामाजिक संघ, संस्थाहरुलाई सरकारले सक्दो सहयोग गर्ने आश्वासन समेत दिएका छन् । उनले चन्द्रलोक प्रतिष्ठानजस्ता सामाजिक संघ, संस्थाहरुले समाजमा योगदान पुर्‍याएका व्यक्ति तथा संघ, संस्थाहरुलाई सम्मान गरेर राष्ट्र र जनताको हितमा काम गरिरहेको पनि बताए ।

प्रतिक्रिया