शनिबार, वैशाख २२, २०८१

‘ध्यान यस्तो साधन हो, जसद्वारा आफ्नो अस्तित्वको सौन्दर्य अनुभव गर्न सकिन्छ’

नेपालखोज २०७८ पुष ४ गते ८:०१

– यदि तपाईंको खोज मुक्ति हो भनेमात्र, तपाईंले गुरुको खोज गर्नुपर्छ । सान्त्वना वा सन्तोष पाउनको लागि तपाईं गुरुको खोज नगर्नुहोस् ! तपाईं आफ्नो गुरुसँग निरन्तर असहज हुनुपर्छ, साथै तपाईंमा उनीसँग रहने तीव्र चाहना हुनुपर्छ ।

– तपाईं शारीरिक र मानसिक स्वास्थ्यलाई अलग गर्न सक्नुहुन्न, किनकि स्वास्थ्य समग्र रूपमा हुन्छ ।

– जब तपाईं अनजान मार्गमा जानुहुन्छ, तब यस्तो व्यक्तिको निर्देशन लिनु सहायक हुनेछ, जसले पहिल्यै त्यस मार्गको यात्रा गरिसकेका छन् । किनकि, जुन काम तपाईंले एक पलमै गर्न सक्नुहुने थियो, त्यसको लागि तपाईंलाई लाखौँ वर्षसमेत लाग्न सक्दछ ।

– जुन कुराप्रति तपाईं वास्तवमै सरोकार राख्नुहुन्छ, यदि तपाईं त्यो सृजना गर्दै हुनुहुन्छ भने, तपाईंको पूरै जीवन अवकाश (छुट्टी) हो ।

– बजारमा, कम दिनु अनि धेरै लिनुलाई चलाखी मानिन्छ । साँचो सम्बन्धमा, तपाईं आफूले सकेजति दिनुहोस्-त्यसबाट के पाउँछु भन्ने नसोचिकन ।

– विवश रहनेबाट चेतनशील हुनेतर्फ अघि बढ्नु नै मानिसको लागि अनि पूरै मानवताको लागि एकमात्र समाधान हो ।

– हामीभित्र जे हुन्छ, त्यो कहिल्यै पनि हाम्रो सेरोफेरोमा हुने चीजहरूले तय गर्दैनन् । तर दुर्भाग्यवश, हामी त्यसलाई हाम्रो सेरोफेरोमा हुने चीजहरूसँग जोड्ने गर्छौँ ।

– मुस्कुराउनु कुनै कार्य होइन । यदि तपाईं आफूभित्र तृप्त अनि सहज महसुस गरिरहनु भएको छ भने, तपाईं स्वत: मुस्कुराउनु हुनेछ ।

– यदि तपाईंले आफ्नो ध्येय वा लक्ष्यलाई करुणाले मत्थर पार्नुभएन भने, तपाईं आफ्नै लागि र आफू वरपर सबैका लागि खतरा बन्न सक्नुहुन्छ ।

– पञ्च तत्त्वहरू (जल, भूमि, वायु, अग्नि र आकाश) को महत्त्व, हाम्रो शरीरमा तिनको उपस्थिति बारे बताउँदै, सद्‌गुरु, पञ्च तत्त्वलाई शुद्ध गर्नको लागि सरल एवं शक्तिशाली अभ्यासहरू अर्पण गर्दै हुनुहुन्छ । यदि तपाईंले पञ्च–तत्त्व वा पञ्च–भूत माथि महारथ पाउनुभयो भने, तपाईंले शरीरमाथि, मनमाथि साथै यो पूरै सृष्टिमाथि महारथ पाउनुहुनेछ ।

– ध्यान यस्तो साधन हो, जसद्वारा तपाईं आफ्नो अस्तित्वको सुन्दरता अनुभव गर्न सक्नुहुन्छ ।

– जबसम्म तपाईंभित्र रिस, चिढचिढापन, घृणा, ईर्ष्या र असहनशीलता रहिरहन्छ, तपाईं एउटा बम जस्तै हो, जुन जतिबेला पनि बिस्फोट हुन सक्छ ।

प्रतिक्रिया