शनिबार, जेठ ५, २०८१

सहिद स्मारक ‘ए’ डिभिजन लिग : आज शेर्पा र ब्रिगेड ब्वाइज प्रतिस्पर्धामा

नेपालखोज २०७८ पुष ४ गते ९:३५

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटवल प्रतियोगितामा आज एक खेल हुने भएको छ । आज पाँचौ चरणको तेस्रो खेल हुने भएको हो ।

हिमालयन शेर्पा क्लब र ब्रिगेड ब्वाइजबीचको खेल दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुने छ । २ खेलमा जित हासिल गरेको र २ बराबरी खेलेको शेर्पा अंकतालिकाको दोस्रो स्थानमा छ ।

यस्तै ब्रिगेडले एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ । ब्रिगेड अंकतालिकाको आठौं स्थानमा छ ।

प्रतिक्रिया