आइतबार, जेठ ६, २०८१

नेपाल भारतसँग बराबरी खेल्दै फाइनल पुग्ने लक्ष्यमा

नेपालखोज २०७८ पुष ४ गते १२:२२

काठमाडौं । साफ यू–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भारतको सामना गर्दै छ । आज हुने खेलमा नेपालले बराबरीको नतिजाले पनि फाइनलमा स्थान बनाउँछ ।

बंगलादेशको ढाकामा हुने खेलमा भारतले पनि नेपाललाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्य लिएको छ । भारत जित्ने पर्ने दबाबमा नेपालसँग प्रतिस्पर्धा गर्दै छ भने नेपाललाई बराबरीको नतिजा पनि फाइनल पुग्न पर्याप्त हुन्छ । प्रतियोगितामा ५ टिम सहभागि छन् ।

नेपालले ३ खेलमा २ मा जित र १ मा हारसहित ७ अंक जोडेको छ । नेपाल अंकतालिकाको शीर्ष स्थानमा छ भने समान अंक भएको बंगलादेश गोलअन्तरको आधारमा दोस्रो स्थानमा छ । भारत भने ३ खेलमा १ मा हार सहित २ खेल जितेर तेस्रो स्थानमा छ ।

नेपालले पहिलो खेलमा आयोजकसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा श्रीलंकालाई फराकिलो अन्तर ६–० ले पराजित गरेको थियो । तेस्रो खेलमा भुटानलाई ४-0 गोलअन्तले पराजित गरेको थियो । लिग राउन्डको अन्तिम खेलमा भने नेपाल भारतसँग भिड्न लागेको हो ।

खेल दिउँसो पौने ३ बजे ढाकाको शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुन्छ ।

प्रतिक्रिया