सोमबार, जेठ ७, २०८१

सह-महामन्त्री परियारको दाबी- सबै दलको सहमतिमा संसद्‌बाट एमसीसी पारित हुन्छ

नेपालखोज २०७८ पुष ४ गते १७:०३

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सहितका सबै दलको सहमतिमा सरकारले संसदबाट एमसीसी पारित गराउने दाबी गरेका छन् ।

सहमहामन्त्री परियारले एमसीसीले नेपालमा दिने अनुदान सहायता समृद्धि र विकासका लागि भएकाले सरकारले सबै दलहरुको सहमतीमा सो प्रस्तावलाई संसदबाट पारित गराउने विश्वास व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन, कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमसीसीमा राष्ट्रका लागि अहित हुने कुनै पनि विषय भए त्यसलाई हटाउन आफ्नो पार्टी प्रतिवद्ध रहेको बताए ।

सहमहामन्त्री परियारले एमसीसीको बारेमा सत्तारुढ दलहरुलाई एकढिक्का बनाएर आफ्नो पार्टीले लैजाने बताए । सहमहामन्त्री परियारले आगामी निर्वाचनमा सत्तारुढ दलहरुबीच आवश्यक्ताको आधारमा सहकार्य हुने पनि स्पष्ट पारे । सबै निर्वाचन क्षेत्रमा भने सत्तारुढ दलहरुबीच सहकार्य गरेर निर्वाचनमा जान सक्ने अवस्था आफूले नदेखेको उनको टिप्पणी थियो ।

प्रतिक्रिया