सोमबार, जेठ ७, २०८१

सर्वदलीय बैठक बालुवाटारमा जारी, एमाले भने अनुपस्थित

नेपालखोज २०७८ पुष ४ गते १८:०८
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित रहेको छ ।

प्रधानमन्त्री देउवाले सरकारका क्रियाकलाप, संसद् सञ्चालन र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गर्नेलगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

एमाले भने आफूबाट फुटेर गएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पनि बैठकमा बोलाएको भन्दै सहभागी नबनेको एमालेका नेताहरुले बताएका छन् ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेमकिपालगायत दलका नेताहरू सहभागी छन् ।

सर्वदलीय बैठक अघि आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो । गठबन्धनले सर्वदलीय बैठकमा प्रस्तुत गर्ने साझा धारणा बनाउन बैठक बसेका थिए । सत्ता गठबन्धनको बैठक सकिएलगत्तै सर्वदलीय बैठक सुरु भएको हो ।

प्रतिक्रिया