सोमबार, जेठ ७, २०८१

३५९५ मत गन्दा कसको कति ? (सूचीसहित)

नेपालखोज २०७८ पुष ४ गते १८:३०

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको ३५९५ मत गणना भएको छ । ३५ केन्द्रीय सदस्य चयनका लागि भइरहेको मत गणनामा ३५९५ मत गणना हुँदा डा. शशांक कोइरालाको २९४०, एनपी साउद २२६१, बालकृष्ण खाँणको २२०७ मत रहेको छ । पहिलो स्थानमा डा। शशांक कोइरालाकै मत रहिरहेको छ ।

कांग्रेस खुला केन्द्रीय सदस्यतर्फ ३५ जना निर्वाचित हुने व्यवस्था छ । चुनावमा अहिलेसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री र प्रदेश २ को महिलातर्फ केन्द्रीय सदस्य पदको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी एक सय ३४ पदका लागि भएको मतदानमा जम्मा चार सय ८७ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिले अब एक हप्तामा सबै पदको मतगणना भइसक्ने जनाएको छ ।

कसको मत कति ?

प्रतिक्रिया