सोमबार, जेठ ७, २०८१

कांग्रेस खुलातर्फको केन्द्रीय सदस्यको मतगणना सकियो

नेपालखोज २०७८ पुष ४ गते २०:०९

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको मतगणना सकिएको छ । खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले कब्जा जमाएको छ ।

३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन् ।

खुला केन्द्रीय सदस्यमा सबैभन्दा बढी डा शशांक कोइरालाले मत पाएका छन् । त्यस्तै एनपी साउँद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की लगायतले बढी मत पाएका छन् ।

खुलातर्फ ३५ केन्द्रिय सदस्यका लागि ९९ जना उम्मेदवारी परेको थियो । नेपाली कांग्रेसको केन्द्रिय पार्टी कार्यालय सानेपामा शनिबारदेखि सुरु भएको मतगणना आइतबार साँझ सकिएको हो ।

प्रतिक्रिया