सोमबार, जेठ ७, २०८१

‘एमालेले सर्वोच्चको फैसला विपरित संसद् अवरुद्ध पारिरहेको छ’

नेपालखोज २०७८ पुष ४ गते २१:२१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)ले सर्वोच्च अदालतको फैसला विपरित संसद् अवरुद्ध पारिरहेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु अघि दलको ह्वीप नलाग्ने सर्वोच्च अदालतको फैसला विपरित गएर एमालेले संसद् अवरुद्ध पार्ने काम गरिरहेको आरोप लगाएका हुन् ।

आईतबार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्च घोषणा सभामा बोल्दै उहाँले केपी ओली अदालतको सो फैसलालाई मान्य पक्षमा नरहेको दावी समेत गरे । उनले सर्वोच्च अदालतको सो फैसलालाई अस्वीकार गर्दै संसद अवरुद्ध पारेर नेकपा एमालेले संविधानलाई नै चुनौति दिने काम गरेको तर्क समेत गरे । अध्यक्ष नेपालले अदालतको फैसलालाई स्विकार नगर्नेले संविधानको ढाडस् दिँदै संसद अवरोध गर्नुको कुनै अर्थ नहुने दोहो¥याए ।

अध्यक्ष नेपालले एमालेले अदालतमा विचाराधिन मुद्धालाई उठान गरेर संसद अवरुद्ध पार्न नपाउने पनि बताए । आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको दावी गर्दै उहाँले विरोधीहरुमा छटपटाहट आएको बताए ।

प्रतिक्रिया