सोमबार, जेठ ७, २०८१

पोखरामा मनाए लिम्बू समुदायले उधौली पर्व

नेपालखोज २०७८ पुष ५ गते ९:०४

गण्डकी । लिम्बूले सामूहिक रुपमा आफ्नो समुदायको राष्ट्रिय पर्व उधौली पर्व मनाएका छन् । हरेक वर्ष मनाउँदै आएका किरात याक्थुङ चुम्लुङ कास्कीले पूजाआजा तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै पर्व मनाएका हुन् । संस्थाका अध्यक्ष धनबहादुर थेबे लिम्बुले पोखरा रहेका याक्थुङहरु भेला भएर उधौली पर्व मनाउँदै आएको बताए ।

उनले भने, ‘यसरी आफ्नो महान् पर्व मनाउन पाउँदा खुशी लागेकोछ ।’ उनका अनुसार किँरातले उधौली पर्व अन्नवाली छरिसकेपछि मनाउने गर्छन् भने उभौली पर्व अन्नवाली लगाउने समयमा मनाउने गर्दछन् ।

कास्कीमा लिम्बु समाज स्थापना गरेको तीन वर्ष भएको जनाउँदै उनले भने यो चुम्लुङ खोल्नुको उद्देश्य भनेको हाम्रो भाषा, लिपी, संस्कृति र च्याब्रुङ (केलाङ) बाजाको संरक्षण गर्नु अपरिहार्य छ ।’ पर्वलाई विशेष बनाउनका लागि विभिन्न नाँचहरु समावेश गरिएको थियो ।

‘हामीले यो पर्वमा च्याब्रुङ नाँच नाच्छौँ’, उनले भने, ‘यसमा १९ चराको नक्कल गरेर कथाअनुसार नाँच्ने प्रचलन रहेको छ ।’

समुदायका अग्रज मदन ईङनाम सुब्बाले हरेक वर्ष मनाउँदै आएको पर्वले पोखरामा छरिएर रहेको लिम्बुलाई एकताबद्ध बनाउन सहयोग पुगेको बताए

प्रतिक्रिया