आइतबार, वैशाख २३, २०८१

नेप्सेमा पुनः पहिरो, झन्डै १८ अंकले घट्दा दुई अर्ब ४६ करोडको किनबेच

नेपालखोज २०७८ पुष ५ गते १५:३१

काठमाडौं । नेप्सेमा पुन: पहिरो गएको छ । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से १७ दशमलव ९३ अंकले घटेर २३ सय ५८ दशमलव ८१ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३४ अंकले घटेर चार सय ५१ दशमलव १९ अंकमा पुगेको छ ।

दुई सय ३१ कम्पनीको ३७ हजार तीन सय ६७ पटकको कारोबारमा ५४ लाख ३९ हजार ८७ कित्ता सेयर खरिद-बिक्री भएकामा कुल कारोबार रकम दुई अर्ब ४६ करोड ४६ लाख ८९ हजार आठ सय ६३ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकामा दुईवटा समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव ८६ अंकले घटेर १६ सय ४२ दशमलव ६५ अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि एक सय ७० दशमलव १९ अंकले घटेर १० हजार २८ दशमलव नौ अंकमा झरेको छ ।

यसैगरी जीवन बिमा समूहको सूचक पनि एक सय ६ दशमलव दुई अंकले घटेर १२ हजार चार सय तीन दशमलव ७४ अंकमा झरेकामा विकास बैंक, जलविद्युत्, ट्रेडिङ, होटेल तथा पर्यटन, फाइनान्स, अन्य, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् । उत्पादनमूलक समूहको सूचक भने आज एक सय ९४ दशमलव ८१ अंकले बढेको छ । लघुवित्त समूहको सूचक पनि ६ दशमलव ३५ अंकले बढेको छ ।

नेप्सेमा आज गोर्खाज फाइनान्सको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर एक हजार १५ रुपैयाँ ३० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा माउन्टेन इनर्जी नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य भने ६ दशमलव १७ प्रतिशतले घटेर एक हजार १५ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज गोर्खाज फाइनान्सको प्रतिकित्ता एक हजार १५ रुपैयााँ ३० पैसा अन्तिम मूल्यमा १९ करोड २७ लाख १० हजार छ सय ५१ रुपैयाँ ६० पैसाको सेयर कारोबार भएको छ । यो आज भएको कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया