शनिबार, वैशाख २२, २०८१

डाबर नेपालद्वारा वीर अस्पताललाई चिकित्सा उपकरण सहयोग

नेपालखोज २०७८ पुष ५ गते २३:००

काठमाडाैं । नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्न र वीर अस्पताल (नेम्स)लाई समग्र चिकित्सा सुविधाहरु सुदृढ गर्न मद्दत गर्ने उद्देश्यसहित डाबर नेपालले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत सघन उपचारको लागि २५ लाख बराबरको चिकित्सा उपकरणहरु हस्तान्तरण गरेको छ ।

श्रीमती इश्वरी राना, अध्यक्ष तथा प्रबन्ध निर्देशक-डाबर नेपाल र एच.एस. बेदी, व्यापार प्रमुख-नेपाल तथा म्यानमारले वीर अस्पताल, काठमाडौंको परिसरमा डिसेम्बर २०,२०२१ कादिन एक कार्यक्रमकाबिच उक्त हस्तान्तरण गरेका थिए ।

डा. अनुपमा कार्की र प्रा. डा. मनेन प्र. गोर्खालीको उपस्थितिमा वीर अस्पताल नेम्सका निर्देशक प्रा. डा. भुपेन्द्र कुमार बस्नेतलाई चेक हस्तान्तरण गरिएको थिए ।

कार्यक्रममा डाबरका लागि प्रवक्ताले भने, ‘वीर अस्पताल नेपालकै प्रतिष्ठित र अग्रणी सरकारी अस्पताल हो जसले नेपालका नागरिकहरुलाई अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवा प्रदान गर्दे आइरहेको छ । अहिलेको विश्वव्यापी महामारीको समयमा यस संस्थाको महत्वपूर्ण स्वास्थ्य सेवाहरु प्रदानगर्ने प्रयासमा हामीले सहयोग गर्नु समय सान्दर्भिक र उपयुक्त रहेको छ ।’

प्रतिक्रिया