शुक्रबार, वैशाख २१, २०८१

भगवान् गणेशको पूजा मंगलबार नै किन गर्ने ?

नेपालखोज २०७८ पुष ६ गते ५:००

भगवान् गणेशको पूजा-अर्चना र व्रत मंगलबार बस्दा फाइदा हुने हिन्दु धर्म शास्त्रहरुमा उल्लेख छ । कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान् गणेशको पूजा गरिन्छ । सुख, शान्ति र समृद्धिका लागि मंगलबार शुद्ध मनले भगवान् श्रीगणेशको पूजा गर्दा कार्य सिद्ध हुने धार्मिक मान्यता छ ।

मंगलबार व्रत बसेर पूजा आराधाना गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ । शास्त्रमा भगवान् गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ । जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा पर्दछन् । यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ ।

मंगलबारका दिन के गर्दा शुभ मानिन्छ ?
मंगलबार बिहान राम मन्दिर जानुहोस् । मंगलबार हनुमानको दर्शन गर्दा मानिसमा नयाँ उर्जा पैदा हुन्छ । मंगलबार बिहान बच्चाको सिरानीमा फिटकरी राखिदिनुहोस् । यसो गर्दा बच्चामा सुत्दा डराउने समस्या हटेर जाने गर्छ । एउटा धागोमा खुर्सानीमाथि, बीचमा कागती र तल पनि खुर्सानी राखेर कुनै व्यवसाय गरेको ठाउँ वा घरको ढोकामा राख्नुहोस् ।

यसले नकारात्मक उर्जा समाप्त गर्ने काम गर्छ । मंगलबार बेलुका हनुमानलाई गुलाब चढाउनुहोस् । यसो गर्दा जीवनमा रहेका समस्या समाधान हुन्छन् । मंगलबार रामस्तोत्र पढ्ने गर्नुहोस् । जसले शुभ कामको थालनी गर्दा लाभ प्राप्त हुने वातावरण निर्माण गर्छ । मंगलबार शुद्ध घ्यू वा तेलको बत्ती बालेर मात्रै हनुमान चालिसा पढ्नुहोस् । यसो गर्दा तपाईको मनकामना पूर्ण हुनेछ ।

प्रतिक्रिया