शुक्रबार, वैशाख २१, २०८१

मयूरको प्वाँखसँग कृष्णको सम्बन्ध के ?

नेपालखोज २०७८ पुष ८ गते ५:००

भगवान् कृष्णलाई मयूरको मुकुट वाहक भनिन्छ किनभने उनले आफ्नो मुकुटमा मयूरको प्वाँख लागमएका हामीले तस्बिरमा देख्न सक्छौं । मयूरको प्वाँख लगाउनुको पाँच कारण दिइएको । आउनुहोस् जानौं मयूरको प्वाँख लगाउने कथा ।

१. राधाको चिह्न – महारस लीलाको समयमा राधाले उनलाई वैजयन्तीको माला लगाइदिएकी थिइन् । भनिन्छ, एक पटक श्रीकृष्ण राधासँग नाचिरहेका थिए जब उनीसँगै नाचिरहेको मयूरको प्वाँख भुइँमा खस्यो, त्यसपछि भगवान् श्रीकृष्णले त्यसलाई उठाए र आफ्नो टाउकोमा राखे । राधाले उनलाई यसको कारण सोध्दा उनले यी मयूरको नाचमा राधाको माया देखेको बताए ।

भनिन्छ श्री राधा रानीकोमा धेरै मयूर थिए । बाल्यकालदेखि नै माता यशोदाले यो मयूरको प्वाँख आफ्नो लल्लाको टाउकोमा सजाइदिन्थिन् भने वैजयन्तीको मालासँगै मयूरको प्वाँख लगाउनुको प्रमुख कारण राधाप्रतिको उनको अटुट माया हो ।

२. जीवनका सबै रङहरू – मयूरको प्वाँखमा सबै रंगहरू समावेश हुन्छन् । भगवान कृष्णको जीवन कहिल्यै उस्तै रहेन । उनको जीवनमा सुख–दुःख बाहेक अन्य धेरै प्रकारका भावनाहरू थिए । मयूरको प्वाँखमा धेरै रङहरू हुन्छन् ।

यो जिन्दगी रंगीन छ तर दुखी मनले जीवनलाई हेर्ने हो भने हरेक रङ बेरङ हुनेछ र खुसी मनले हेर्ने हो भने मयूरको प्वाँख जस्तै धेरै सुन्दर छ यो संसार ।

३. ग्रह दोष – धेरै ज्योतिषीहरूले विश्वास गर्छन् कि भगवान् कृष्णले यो मयूरको प्वाँख उनको कुंडलीमा कालसर्प दोष रहेको कारणले लगाएका थिए । मयूरको प्वाँख लगाउनाले यो दोष हट्छ, तर जो संसारको पालनकर्ता हो, उसलाई कालसर्प दोषको कुनै डर हुँदैन ।

४. ब्रह्मचर्यको प्रतीक – धेरै मानिसहरूले मयूर ब्रह्मचार्यको प्रतीक हो भन्ने विश्वास गर्छन् । एउटा मयूरले आफ्नो जीवनभर एउटा मात्र मयूरसँग बस्छ । मयूरको आँसु पिएर मयूरको जन्म हुन्छ । त्यसैले भगवान् कृष्ण स्वयंले यस्तो पवित्र चराको प्वाँख आफ्नो शिरमा लगाइदिनुहुन्छ ।

६. शत्रु र मित्र बराबर – भगवान् कृष्णले मयूरको प्वाँख लगाएर यो सन्देश दिन चाहान्थे कि मेरा लागि दुवै बराबर छन् । श्रीकृष्णका दाइ शेषनागका अवतार थिए र मयूर सर्पको शत्रु हो । निधारमा मयूरको प्वाँख लगाएर उनले मित्र र शत्रुमा समानता रहेको बताए ।

प्रतिक्रिया